तराईमा अत्यधिक गर्मीका कारण कृष्णपुर नगरपालिकाका विद्यालयहरू ३ दिन बिदा

Image
Nisarga Hospital

अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूमा तीन दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

पछिल्लो समय बढ्दै गएको अत्यधिक गर्मी र तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरलाई मध्यनजर गर्दै नगरपालिकाले यो कदम चालेको हो।

Attariya Hospital

नगरपालिकाका नगर प्रमुख हेमराज ओझाद्वारा हस्ताक्षरित सूचना नुसार, यो निर्णय कृष्णपुर अन्तर्गतका सम्पूर्ण सामुदायिक (सरकारी) तथा संस्थागत (निजी) विद्यालयहरूमा लागू हुने जनाएको छ ।

nawajiwan