
अत्तरियाः गोदावरी नगरपालिकामा बालबालिकाको सहभागिता, नेतृत्व विकास र अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित नगरस्तरीय बाल मेला, बाल संवाद तथा बाल सञ्जाल पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडा नं. १ देखि १२ सम्मका विभिन्न विद्यालयका बाल सञ्जालमा आबद्ध विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत नगरस्तरीय बाल मेला आयोजना गरी बालबालिकालाई एकै थलोमा भेला गराइएको थियो। मेलामार्फत उनीहरूले आफ्ना अनुभव, प्रतिभा र सिर्जनात्मक क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त गरेका थिए।

त्यसैगरी, आयोजित बाल संवाद कार्यक्रममा बालबालिकाले शिक्षा, स्वास्थ्य, अवसर, सहभागिता तथा स्थानीय सरोकारका विषयमा जिज्ञासा राखेका थिए। ती विषयमा सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न विषयगत शाखाका प्रमुखहरूसँग खुला संवाद र विस्तृत छलफल गरिएको थियो। कार्यक्रमले बालमैत्री स्थानीय शासन निर्माणमा बाल सहभागिताको महत्त्वलाई थप उजागर गरेको बताइएको छ।

कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा नगरस्तरीय बाल सञ्जाल पुनर्गठन गर्दै नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित सञ्जालको अध्यक्षमा चक्र ओली, उपाध्यक्षमा आसीका कठायत, सचिवमा मेडल सिंह, कोषाध्यक्षमा रोजिन रोकाया तथा सहसचिवमा स्वस्तीका जोशी चयन भएका छन्। साथै विभिन्न विद्यालयबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू समेत चयन गरिएको छ।

बालबालिकाको नेतृत्व क्षमता अभिवृद्धि गर्दै उनीहरूको आवाजलाई स्थानीय नीति तथा निर्णय प्रक्रियासम्म पुर्याउने अपेक्षासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार …
गोदावरीमा बाल संवाद कार्यक्रम : बालमैत्री नीति र बजेटमा जोडमा जोड दिन सुझाव
१) अध्यक्ष चक्र ओली रा.मा.वि. बन्दी
२) उपाध्यक्षआसीका कठायत रा.मा.वि. अत्तरिया
३) कोषाध्यक्ष रोजिन रोकाया शारदा मा.वि.
४) सचिव जी मेडल सिंह डगौरा मा.वि.
५) सह सचिव/सदस्य स्वस्तीका जोशी समैजी मा.वि.
६) सदस्य भगीरथी साउद दुर्गा मा.वि. लामीखाल
७) सदस्य जी शुभम ओझा लक्ष्मी मा.वि. बुडैतोला
८) जेनिसा मुडाल दुर्गा लक्ष्मी मा.वि.
९) करुणा चौधरी सिद्धबाबा मा.वि
१०) जी पूर्णिमा नेपाली दुर्गा मा.वि.
११) जी आरजु अन्सारी नवज्योती
१२) जी राधा साउँद भुवनेश्वर मा.वि.
१३) रेखा ओली सु.प.मा.वि.
१४) सरस्वती बि.क. दुर्गा मा.वि.
१५) राजेन्द्र खाती सरस्वती मा.वि
१६) मिसा नेपाली शैलेश्वरी
१७) मनोज बोगटी शैलेश्वरी
१८) गनेश साउँद दुर्गा भवानी मन्दिर
१९) रोहीत बि.क. रा.मा.वि. बन्दी
२०) सन्देश बि.क. जगदम्बा मा.वि.
२१) बिबेक बि.क. जगदम्बा मा.वि.
२२) रोहन ओझा सरस्वती मा.वि.
२३) करिस्या बि.क. राम मा.वि.
२४) सुमन बि.क. दुर्गा मा.वि.

































