गोदावरी–४ मा जेवाईसी वडास्तरीय खेलकुद प्रतियोगिता सम्पन्न: बसन्तपुर र चट्टान युवा क्लब बने विजेता

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–४ मा ज्वाला देवी युवा क्लब (जेवाईसी) को आयोजनामा सञ्चालित वडास्तरीय खेलकुद प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। वडा कार्यालयको आर्थिक सहयोगमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आइतबार समापन गरिएको हो। प्रतियोगिताले स्थानीय युवामा खेलप्रति आकर्षण बढाउनुका साथै सामाजिक एकताको सन्देश दिएको आयोजकले जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

प्रतियोगिताअन्तर्गत क्रिकेट र भलिबल गरी दुई विधामा प्रतिस्पर्धा गरिएको थियो। भलिबलतर्फ चट्टान युवा क्लब प्रथम बन्दै उपाधि जित्न सफल भयो भने बुढीतोला भलिबल टिम उपविजेतामा सीमित रह्यो।

oplus_0

क्रिकेटतर्फको फाइनल खेल निकै प्रतिस्पर्धात्मक रह्यो। टस जितेर पहिले फिल्डिङ रोजेको टिम बसन्तपुरले टिम प्रगतीलाई निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ९८ रनमा सीमित गर्‍यो। ९९ रनको लक्ष्य पछ्याएको बसन्तपुरले उत्कृष्ट प्रदर्शन गर्दै ११ ओभर ४ बलमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गरी उपाधि आफ्नो नाममा पार्‍यो।

oplus_0

दुवै विधाका विजेता टोलीले नगद २५–२५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १५–१५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरिएको थियो। क्रिकेटतर्फ आयोजक क्लबका सुशिल बोगटी ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए भने भलिबलतर्फ चट्टान युवा क्लबका धर्म सिँ साउँद उत्कृष्ट खेलाडी बने।

oplus_0

ज्वालादेवी युवा क्लबका अध्यक्ष महेश्वर भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष हेमप्रकाश मल्ल प्रमुख अतिथि रहेका थिए। उनले खेललाई व्यक्तिको सर्वाङ्गीण विकासको आधार मान्दै युवा क्लबहरूले समाजका विकृति र विसंगतिविरुद्ध पनि भूमिका खेल्नुपर्ने बताए।

oplus_0

कार्यक्रममा वडासदस्य शेरबहादुर घर्तिमगरले आगामी दिनमा नगरस्तरीय प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको जानकारी दिए। समापन समारोहमा वडाभित्रका विभिन्न क्लबलाई खेलकुद सामग्रीसमेत वितरण गरिएको थियो।

oplus_0
oplus_0
nawajiwan