सोमबार व्रत : भगवान शिवको आराधनासँग जोडिएको आस्था र विश्वास

Image
Nisarga Hospital

हिन्दू धर्मशास्त्रअनुसार सोमबारलाई भगवान शिवको विशेष दिनका रूपमा मानिन्छ। यस दिन देवका पनि देव महादेव शिवको व्रत बसेर पूजा–आराधना गर्ने परम्परा रहिआएको छ। धार्मिक विश्वासअनुसार सोमबारको व्रतले मनोकामना पूरा हुने, आत्मिक शान्ति प्राप्त हुने तथा ज्ञान र सकारात्मक ऊर्जा बढ्ने मान्यता छ।

CP Hospital Dhangadhi

सोमबारको व्रत सूर्य उदयसँगै सुरु भई सूर्यास्तपछि सम्पन्न गरिन्छ। व्रतालुले दिनभर संयम अपनाएर शिव–पार्वतीको पूजा, जप तथा आराधना गर्ने गर्छन्। बेलुकाको आरती सम्पन्न भएपछि मात्रै भोजन ग्रहण गर्ने परम्परा छ।

Attariya Hospital

धार्मिक विधिअनुसार कुनै पनि पूजा सुरु गर्नु अघि प्रथम पूज्य भगवान गणेशको पूजा अनिवार्य मानिन्छ। त्यसपछि मात्रै शिव–पार्वतीको आराधना गरिन्छ।

nawajiwan

विशेषगरी अविवाहित महिलाले योग्य जीवनसाथी प्राप्तिको कामनासहित सोमबार व्रत बस्ने चलन अझै पनि समाजमा प्रचलित छ। शिवप्रतिको श्रद्धा, संयम र भक्तिभावले यो व्रतलाई हिन्दू समुदायमा विशेष महत्व दिएको छ।