नवजीवन सहकारीमा गोपालराज पाठक अध्यक्षमा निर्वाचित, उपाध्यक्षमा उत्तम जोशी विजयी

Image
Nisarga Hospital

धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचनमा गोपालराज पाठक अध्यक्ष पदमा विजयी भएका छन् भने उपाध्यक्षमा उत्तम जोशी निर्वाचित भएका छन्।

CP Hospital Dhangadhi

अध्यक्ष पदमा पाठकले ४७८४ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी केशव मिश्रलाई ४४६९ मतले पराजित गरेका हुन्। त्यसैगरी उपाध्यक्ष पदमा उत्तम जोशी ४३०३२ मतसहित विजयी बनेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी इश्वर प्रसाद जोशीलाई ३९०४ मत ल्याएर पराजित भए।

Attariya Hospital

उपाध्यक्ष पदका प्रतिस्पर्धी इश्वर प्रसाद जोशीले ३९०४ मत प्राप्त गरेका थिए। विजयी जोशी यसअघि नवजीवन सहकारीको सचालक सदस्यका रूपमा पनि सक्रिय रहेका थिए। अध्यक्षमा निर्वाचित गोपालराज पाठक र उपाध्यक्ष उत्तम जोशी एउटै समूहबाट निर्वाचित भएका हुन्। निर्वाचनपछि सहकारी क्षेत्रमा नयाँ नेतृत्वसँगै सुधार र पारदर्शिताप्रति आशा व्यक्त गरिएको छ।

nawajiwan