अफ्रिकी देश कङ्गोमा इबोला प्रकोप तीव्र, ९ सयभन्दा बढी शंकास्पद केस; विश्व स्वास्थ्य एजेन्सी चिन्तित

Image
Nisarga Hospital

अफ्रिकी देश कङ्गोमा इबोला भाइरसको प्रकोप तीव्र रूपमा बढ्दै गएको छ। देशको पूर्वी क्षेत्रमा फैलिएको संक्रमणले गम्भीर अवस्था सिर्जना गरेको छ। कङ्गो सरकारका अनुसार हालसम्म ९०४ शंकास्पद केस र ११९ शंकास्पद मृत्यु दर्ता भएका छन्।

CP Hospital Dhangadhi

यसअघि ७०० भन्दा बढी केस र करिब १७० मृत्यु रिपोर्ट गरिएको थियो। संक्रमण सबैभन्दा बढी इटुरी प्रान्तमा देखिएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार प्रकोपको कारण बुन्डिबुग्यो स्ट्रेन हो, जुन अत्यन्त घातक मानिन्छ र हालसम्म यसको कुनै स्वीकृत खोप वा विशेष औषधि उपलब्ध छैन।

Attariya Hospital

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यस प्रकोपलाई कङ्गोका लागि ठूलो खतरा भनेको छ, यद्यपि विश्वव्यापी रूपमा फैलिने जोखिम अहिले कम रहेको बताइएको छ। संक्रमण नियन्त्रणमा ढिलाइ भए अन्य देशमा समेत फैलिन सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्।

nawajiwan

इबोलाको द्रुत विस्तारले फेरि एक पटक संक्रामक रोगहरू विश्वव्यापी स्वास्थ्य सुरक्षाका लागि चुनौती बन्न सक्ने संकेत दिएको छ।