गंगादशहरा मेलामा निसर्ग हस्पिटलको निःशुल्क स्वास्थ्य सेवा, भण्डाराका लागि ५० हजार बराबरको सहयोग

Image
Nisarga Hospital

धनगढीः धनगढी उपमहानगरपालिका–१६ मा रहेको सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्र बेहेडाबाबा धाममा आयोजना हुने गंगादशहरा मेलालाई लक्षित गर्दै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।ले निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ ।

CP Hospital Dhangadhi

मेलामा सहभागी हुने लाखौं श्रद्धालु भक्तजन तथा टाढाटाढाबाट आउने दर्शनार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हस्पिटलले मन्दिर परिसरमै मेडिकल इमर्जेन्सी सेवा सञ्चालन गर्नुका साथै स्वास्थ्य सहायता स्टलको व्यवस्था गर्न लागेको जनाएको छ ।

गंगादशहरा मेलामा अत्यधिक भीडभाड हुने तथा भारतका विभिन्न जिल्लाबाट समेत ठूलो संख्यामा दर्शनार्थी आउने भएकाले आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै निसर्ग हस्पिटलले आवश्यक स्वास्थ्यकर्मी, प्राथमिक उपचार सामग्री र आपत्कालीन सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

nawajiwan
Attariya Hospital

यसैबीच, मेलाको भण्डारा व्यवस्थापनका लागि निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले आज ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री बेहेडाबाबा धाम कार्यसमितिलाई हस्तान्तरण गरेका छन् ।

बेहेडाबाबा धाममा प्रत्येक वर्ष झैँ यस वर्ष पनि जेठ १२ गतेदेखि गंगादशहरा मेलाको आयोजना हुँदैछ । धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको उक्त मेलामा नेपाल तथा भारतबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने गर्दछन् ।

धार्मिक आस्था, सामाजिक उत्तरदायित्व र सेवाभावलाई सँगसँगै अघि बढाउने उद्देश्यसहित निसर्ग हस्पिटलले बेहेडाबाबा धाम कार्यसमितिसँग सहकार्य गर्दै गंगादशहरा मेलालाई भव्य, सभ्य र सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ ।