गोदावरी–१ मा युवा क्लब र समुदायिक विद्यालयलाई खेल सामग्री वितरण

Image
Nisarga Hospital

अत्तरिया: “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नारासहित गोदावरी नगरपालिका–१ नं. वडा कार्यालयले वडाभित्र रहेका युवा क्लब तथा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको छ।

CP Hospital Dhangadhi

कार्यक्रमअन्तर्गत वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट ले १० वटा युवा क्लब र ३ वटा सामुदायिक विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरेका हुन्।

nawajiwan
oplus_0
Attariya Hospital

वितरण गरिएका सामग्रीमा प्रत्येक समूहलाई एक थान भलिबल, एक थान फुटबल, भलिबल नेट तथा हावा भर्ने पम्प समावेश गरिएको वडा कार्यालयले जनाएको छ।

खेल सामग्री वितरण कार्यक्रममा वडा अध्यक्ष भट्टले खेल क्षेत्र युवाको क्षमता विकास, अनुशासन र सामाजिक सहभागिता बढाउने महत्वपूर्ण माध्यम भएकाले खेलकुद गतिविधिलाई प्राथमिकतामा राखिएको बताए। आगामी दिनमा पनि वडाले खेल क्षेत्रको विकास र युवालाई सकारात्मक गतिविधिमा जोड्ने अभियानलाई निरन्तरता दिने उनको भनाइ थियो।