
धनगढीकाे माया मेट्राे हस्पिटलले आन्तरिक राजश्व कार्यालयलाई कर तिरिसकेकाे पाइएकाे छ ।

मंगलबार गाेरखापत्र दैनिकमा कर बक्याैता नतिर्ने ५३ व्यापारिक फर्मकाे सूचीमा माया मेट्राे हस्पिटलकाे नाम पहिलो नम्बरमा राखिएको छ ।
तर हस्पिटलले आर्थिक वर्ष २०८१/८२ काे दुई कराेड ५९ लाख कर तिरिसकेकाे भन्दै बक्याैता रकम हटाइदिन भन्दै २५ चैत २०८२ मा राजश्व कार्यालयलाई पठाएको छ ।

तर, मंगलबार भने हस्पिटलकाे नाम कर बक्यौता नबुझाउने सूचीमा राखेकाे पाइयाे । आन्तरिक राजश्व कार्यालयले समेत माया मेट्राे हस्पिटलले कर बुझाएकाे विवरणसहित पत्र चैतमै दिइसकेको पुष्टि गरेकाे छ ।

तर, हस्पिटलले काराेबार विवरण अपडेट नगर्दा कर विवरण र काराेबार भिडाउज नसक्दा आयकरकाे बक्याैता भिडाएर यकिन गर्न नमिलेकाे बतायाे ।
हस्पिटलले विवरण हालेपछि विवरण रूजु गर्न सकिने र त्यसपछि मात्रै हस्पिटलले तिर्न बाँकी रहे नरहेकाे स्पष्ट हुने राजश्व कार्यालयले जनाएको छ ।

































