बुधबारको धार्मिक महत्त्व: यी काम गर्दा समृद्धि र शुभफल मिल्ने विश्वास

Image
Nisarga Hospital

हिन्दु धर्मशास्त्रअनुसार हप्ताका प्रत्येक बार कुनै न कुनै देवी–देवतासँग सम्बन्धित मानिन्छ। बुधबार ‘बुध’ ग्रहलाई समर्पित दिनका रूपमा लिइन्छ र यस दिन विशेषगरी विठ्ठल देव (भगवान कृष्णको अवतार) को पूजा गर्ने परम्परा रहेको छ। पूजा गर्दा तुलसीको पात अर्पण गर्नु शुभ मानिन्छ। धार्मिक विश्वासअनुसार बुधबार नयाँ कामको सुरुवात गर्नु पनि फलदायी मानिन्छ।

CP Hospital Dhangadhi

यस दिन भगवान कृष्णको व्रत बस्नेले मनोकामना पूरा हुने विश्वास गरिन्छ। साथै केही विशेष धार्मिक कर्मले दीर्घकालीन शुभफल दिने जनविश्वास छ।

Attariya Hospital

धार्मिक मान्यताअनुसार बुधबार गाईलाई हरियो घाँस खुवाउँदा देवी–देवताको कृपा प्राप्त हुने विश्वास गरिन्छ। मुंगको दाल दान गर्दा कष्ट कम हुने तथा गणेश भगवानलाई सिन्दुर चढाउँदा मनोकामना पूरा हुने उल्लेख छ। बुध ग्रहको दोष भएकाले गणेशलाई लड्डु चढाउनु लाभदायी मानिन्छ।

nawajiwan