रेशम चौधरीको दाबी : सुदूरपश्चिमका ५ सांसद आफ्नो पक्षमा छन, तत्काल सरकार फेरबदलमा लाग्दैनौ

Image
Nisarga Hospital

धनगढीः नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशम चौधरीले सुदूरपश्चिम प्रदेशका ५ सांसद आफूहरूको पक्षमा रहेको दाबी गरेका छन्। धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उनले तीमध्ये २ सांसदले पद गुमे पनि साथ नछोड्ने प्रतिबद्धता जनाएको उल्लेख गरे।

CP Hospital Dhangadhi

उनका अनुसार सुदूरपश्चिमका ७ मध्ये ५ सांसद अहिले पनि एकताको विपक्षमा रहेर आफूहरूसँगै छन्। साथै लुम्बिनी प्रदेशका ३ र मधेश प्रदेशका १ सांसद पनि आफ्नो पक्षमा रहेको उनको दाबी छ। उनले केही स्थानीय तहका जनप्रतिनिधिहरू पनि साथमा रहेको बताएका छन्।

Attariya Hospital

पूर्वमन्त्री रामेश्वर चौधरी, घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, इन्दिरा गिरी र टिक थापा आफूहरूसँग रहेको उनले उल्लेख गरे पनि खुशीराम चौधरी र कैलाश चौधरीबारे भने कुनै टिप्पणी गरेनन्।

nawajiwan

प्रदेश सरकारको विषयमा उनले नेकपा संयोजक प्रचण्डसँग संवाद भएको र हालको अवस्थामा सरकार सञ्चालन सहज नभएको प्रतिक्रिया दिएका छन्।