एसइई–२०८२ उत्कृष्ट नतिजा: धनगढीका २० विद्यालयहरू सम्मानित, शिक्षा चम्कियो

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाले एसइई–२०८२ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सम्मान गर्दै शैक्षिक उपलब्धिको उत्सव मनाएको छ। बुधबार आयोजित कार्यक्रममा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान प्रदान गरिएको थियो।

CP Hospital Dhangadhi

सामुदायिक विद्यालयतर्फ ३१ विद्यालयका १,५४८ विद्यार्थी सहभागीमध्ये ८११ विद्यार्थी उत्तीर्ण भएका छन्, जुन कुलको ५२.३९ प्रतिशत हो। उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूमा सर्वोदय, चन्द्रोदय, त्रिभुवन, सिद्धनाथ र हसनपुर माध्यमिक विद्यालय अग्रस्थानमा रहेका छन्। यस्तै ठेकराज, जनता राष्ट्रिय, बेहडाबाबा, वासुदेवी र शारदा माध्यमिक विद्यालयले पनि उल्लेखनीय नतिजा हासिल गरेका छन्। संस्थागत विद्यालयतर्फ ४६ विद्यालयका २,०७७ विद्यार्थीमध्ये १,६९९ विद्यार्थी उत्तीर्ण भएका छन्, जुन ८१.८० प्रतिशत हो।

Attariya Hospital

वाल्मीकि इन्टरनेशनल, नन्दिनाज एकेडेमी, वेदान्त विद्यापीठ र गुरुकुल एकेडेमीका विद्यार्थीले सतप्रतिशत सफलता हासिल गरेका छन्। जेसीज एभरेस्ट, ग्यालेक्सी, किङ्गफिसर, ग्ली, डिलाइट र वेर्स्टन क्रिस्टल एकेडेमीले पनि उत्कृष्ट परिणाम प्रस्तुत गर्दै शैक्षिक स्तर मजबुत भएको प्रमाण दिएका छन्।

nawajiwan

उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि आगामी दिनमा अझै गुणस्तरीय शिक्षामा जोड दिने प्रतिबद्धता जनाएको छ। नगर प्रमुखले उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई बधाई दिँदै निरन्तर मेहनत, अनुशासन र गुणस्तरीय शिक्षाले मात्र दीर्घकालीन सफलता सम्भव हुने बताएका छन्। कार्यक्रममा अभिभावक तथा शिक्षकहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।