हर्मुज तनावबीच इरानमाथि अमेरिकी आक्रमण तीव्र, युद्ध झनै चर्किने संकेत

Image
Nisarga Hospital

गएराति दक्षिणी इरान क्षेत्रमा अमेरिकाले फेरि सैन्य आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। हर्मुज जलमार्ग नजिक अमेरिकी सेना र व्यापारिक जहाजका लागि खतरा बनेका इरानी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरिएको बताइएको छ।

CP Hospital Dhangadhi

अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सका अनुसार इरानबाट प्रक्षेपित धेरै ड्रोनहरू अमेरिकी सेनाले खसालेको दाबी गरिएको छ। ती ड्रोनले अमेरिकी फौज र व्यावसायिक जहाज आवागमनमा जोखिम बढाएको आरोप छ। अमेरिकी सेनाले चारवटा ‘वन–वे अट्याक ड्रोन’ नष्ट गरेको र त्यसपछि बन्दर अब्बासस्थित ड्रोन नियन्त्रण केन्द्रमा हवाई आक्रमण गरेको बताइएको छ।

द न्युयोर्क टाइम्सका अनुसार बन्दर अब्बास क्षेत्रमा विस्फोटको आवाज सुनिएको इरानी सञ्चारमाध्यमहरूले पनि पुष्टि गरेका छन्। इरानले पूर्वी क्षेत्रका तीन स्थानमा विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ।

nawajiwan
Attariya Hospital

यो तीन दिनभित्र भएको दोस्रो अमेरिकी आक्रमण हो। यसअघि सोमबार पनि अमेरिकाले रक्षात्मक कारबाही गर्दै इरानी डुंगा र मिसाइल संरचनालाई निशाना बनाएको थियो। इरानले भने यसलाई युद्धविरामको उल्लंघन भनेको छ।

अमेरिका र इरानबीच तीन महिनादेखि वार्ता चलिरहेका बेला पछिल्ला आक्रमण सार्वजनिक भएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने होर्मुज जलमार्ग खुला रहने र इरान–ओमान सम्झौताको दाबी अस्वीकार गरेका छन्। यसैबीच वार्ता जारी रहे पनि दुवै पक्षबीच विश्वासको संकट गहिरिँदै गएको विश्लेषकहरूले बताएका छन्।