अल्टिमेटमपछि सुर्योदय सामुदायिक वनमा अतिक्रमण हटाउने कार्य सुरु

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

अत्तरियाः कैलालीको गोदावरी–८ स्थित सुर्योदय सामुदायिक वनमा भएको अतिक्रमण हटाउने कार्य सुरु गरिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरको १५ दिने अल्टिमेटमपछि केही व्यक्तिहरुले सुर्योदय सामुदायिक वन क्षेत्रमा अस्थायी संरचना खडा गरेका थिए ।

उक्त संरचना हटाउने कार्य डिभिजन वन कार्यालय धनगढीले सुरु गरेको हो । डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजन वन अधिकृत रामविचारी ठाकुरको नेतृत्वमा टोलीले अतिक्रमित संरचना हटाउने कार्य अघि बढाएको छ ।

nawajiwan

Attariya Hospital

अतिक्रमण हटाउने कार्यपछि वन क्षेत्रलाई पुनः हरियाली संरक्षणतर्फ लैजाने लक्ष्य राखिएको वन कार्यालयले जनाएको छ । स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा अतिक्रमण रोकथाम तथा वन संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताइएको छ ।

यस कार्यले वन अतिक्रमण नियन्त्रणमा महत्वपूर्ण सन्देश दिएको स्थानीयले बताएका छन् । अतिक्रमण हटाउने अभियान निरन्तर जारी रहने र वन क्षेत्रको संरक्षण तथा दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखिने सम्बन्धित निकायले स्पष्ट पारेका छन् ।

वन क्षेत्रमा भएको अवैध अतिक्रमणलाई कानुनी प्रक्रिया अनुसार नियन्त्रण गर्दै दीर्घकालीन संरक्षण सुनिश्चित गरिने बताइएको छ । साथै वन सुरक्षामा कडाइ गरिने कार्यालयले जानकारी दिएको छ ।