विद्यार्थीको पहिलो रोजाइ बन्दै धनगढीको एक्सिस विद्याश्रम, एक दशक देखि निरन्तर शैक्षिक उचाइतर्फ यात्रा

Image
Nisarga Hospital

अत्तरियाः धनगढी–५ तारानगरस्थित एक्सिस विद्याश्रम सुदूरपश्चिम प्रदेशकै एक प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ । कक्षा ११ र १२ मा व्यवस्थापन, विज्ञान र कानुन संकाय अध्यापन गराउँदै आएको यस विद्यालयले कक्षा ११ को पठनपाठन सुरु गरेको एक दशक मात्र पूरा गरेको भए पनि विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको हो । पर्याप्त भौतिक पूर्वाधार, अनुभवी शिक्षक–शिक्षिका, प्रयोगात्मक शिक्षण प्रणाली, व्यवस्थित यातायात सुविधा र सक्षम नेतृत्वका कारण विद्यालयले निरन्तर लोकप्रियता बढाइरहेको छ ।

CP Hospital Dhangadhi

विद्यालयका प्लस टु कार्यक्रम संयोजक घनश्याम मलासीका अनुसार पारिवारिक वातावरणमा कुनै अतिरिक्त दबाबबिना अध्यापन गराइने भएकाले विद्यार्थीहरू सहज र आकर्षित हुने गरेका छन् । उनका अनुसार व्यवस्थापन, विज्ञान र कानुन संकायमा हरेक वर्ष करिब ४०० देखि ४५० विद्यार्थी भर्ना हुने गरेका छन् भने यस वर्ष पनि प्रवेश परीक्षाका लागि करिब ४०० फारम वितरण भइसकेको छ ।

nawajiwan

विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला, सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा स्मार्ट बोर्डको व्यवस्था छ । लामो समयदेखि अनुभवी शिक्षक–कर्मचारीको स्थायी टिमले शिक्षण कार्यलाई थप प्रभावकारी बनाएको छ ।

Attariya Hospital

धनगढीमा कक्षा ११ र १२ मा कानुन विषय अध्यापन गराउने पहिलो विद्यालय भएकाले कानुन संकायप्रति विद्यार्थीहरूको आकर्षण झनै बढेको छ । एक्सिस विद्याश्रमका पूर्वविद्यार्थीहरू स्नातक तहमा समेत उत्कृष्ट नतिजासहित अध्ययनरत रहेको र कैलाली बहुमुखी क्याम्पस लगायतका संस्थामा राम्रो प्रदर्शन गरिरहेको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयले सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक सिकाइलाई विशेष प्राथमिकता दिँदै आएको छ । स्थापनाकालदेखि नै प्रधानाध्यापक अनिता पन्तको नेतृत्वमा सञ्चालित विद्यालयले उनीकै कुशल व्यवस्थापनका कारण उल्लेखनीय प्रगति गरेको हो । सुदूरपश्चिममै पहिलो महिला प्लस टु प्रधानाध्यापकको रूपमा परिचित पन्तको नेतृत्वपछि विद्यालयले शैक्षिक उचाइ हासिल गरेको बताइन्छ ।

हाल धनगढी–५ हसनपुरमा कक्षा १० सम्म तथा तारानगरमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म सञ्चालन भइरहेको यस विद्यालयमा २७०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।