सुकुम्बासी अधिकारका लागि अत्तरियामा विरोध, दमन रोक्न र आवास सुनिश्चित गर्न माग

Image
Nisarga Hospital

सुकुम्बासीहरुको समस्या समाधानको माग गर्दै कैलालीको अत्तरियामा विरोध कार्यक्रम आयोजना गरिएको छ। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघ २ नम्बर ब्युरोले नाराजुलुससहित कोणसभा गर्दै सरकारसँग सुकुम्बासी अधिकार सुनिश्चित गर्न आग्रह गरेको हो।

CP Hospital Dhangadhi

संघले सुकुम्बासीमाथिको दमन तत्काल बन्द गर्नुपर्ने, सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने, साथै स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग अघि सारेको छ। उनीहरूले राज्यले सुकुम्बासीलाई बेवास्ता गर्दै जबर्जस्ती उठिबास गराउने कार्य बढाएको आरोप पनि लगाएका छन्।

Attariya Hospital

कार्यक्रममा संघका उपाध्यक्ष टंक कोइराला, ब्युरो इन्चार्ज लाल बहादुर जाग्री र सदस्य राम बहादुर धामी लगायतले सम्बोधन गरेका थिए। वक्ताहरूले राजनीतिक स्वार्थका कारण सुकुम्बासीको अधिकार कुण्ठित गरिएको दाबी गर्दै तत्काल न्यायोचित समाधान आवश्यक रहेको बताए।

nawajiwan

उनीहरूले समस्या समाधान नभए संघर्षका थप कार्यक्रम अघि सार्ने चेतावनी दिएका छन्। सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य तुरुन्त रोक्नुपर्ने उनीहरूको माग रहेको छ।