पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति : कोहलपुर–गड्डाचौकी खण्डको अध्ययन हुने, अत्तरिया खण्डमा काम सुरु गरिने

Image
Nisarga Hospital

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर–गड्डाचौकी खण्डको स्तरोन्नतिका लागि अध्ययन गरिने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त खण्डको स्तरोन्नति अघि बढाउन आवश्यक अध्ययन सम्पन्न गरिने जानकारी दिएका हुन्।

CP Hospital Dhangadhi

यसअघि आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणमा चालु वर्षभित्रै स्तरोन्नति कार्य सुरु हुने घोषणा गरिएको थियो। तर अपेक्षित प्रगति नहुँदा योजना पुनः चरणबद्ध रूपमा अघि बढाउने तयारी गरिएको हो।

Attariya Hospital

यसै क्रममा पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया खण्डको स्तरोन्नति भने आगामी आर्थिक वर्षमै सुरु गरिने सरकारको योजना छ। उक्त खण्डका लागि करिब २१ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

nawajiwan

सरकारले रणनीतिक महत्वको यस राजमार्गलाई स्तरोन्नति गर्दै यातायात सहज, सुरक्षित र दिगो बनाउन दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाएको छ। परियोजना पूरा भएपछि सुदूरपश्चिम क्षेत्रको आवागमन, व्यापार तथा आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।