फाप्ला क्रिकेट रंगशाला तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको घोषणा

Image
Nisarga Hospital

सरकारले कैलालीमा निर्माणाधीन फाप्ला क्रिकेट रंगशाला तीन वर्षभित्र सम्पन्न गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसद्मा प्रस्तुत गर्दै उक्त रंगशाला निर्धारित समयसीमाभित्र सम्पन्न गरिने स्पष्ट गरेका हुन्।

CP Hospital Dhangadhi

सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै फाप्ला क्रिकेट रंगशालालाई आधुनिक, बहुउद्देश्यीय र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधा सम्पन्न संरचना बनाउने लक्ष्य लिएको छ। यसले प्रदेशस्तरीय मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने क्षमता विकास गर्ने अपेक्षा गरिएको छ।

Attariya Hospital

रंगशाला निर्माण सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशमा खेलकुद पर्यटन, स्थानीय रोजगारी र आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने विश्वास सरकारको छ। साथै, युवा प्रतिभालाई अवसर दिने र क्रिकेट विकासमा नयाँ युग सुरु गर्ने महत्वपूर्ण पूर्वाधारका रूपमा यसलाई हेरिएको छ।

nawajiwan