डडेल्धुरामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर १६ वर्षीय किशोरको ज्यान गयो !

Image
Nisarga Hospital

डडेल्धुरामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका–१ बनतालका १६ वर्षीय अनिल विक रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

CP Hospital Dhangadhi

शुक्रबार साँझ करिब ५ बजे मोबाइल चार्जमा राखेर प्रयोग गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका विकलाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको भए पनि उपचारकै क्रममा राति १० बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

Attariya Hospital

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमै राखिएको छ। प्रहरीले विद्युत् उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

nawajiwan