अमेरिकाको भर्जिनियामा ममता काफ्ले प्रकरणमा नयाँ फरेन्सिक प्रमाण, अनुसन्धान थप तीव्र

Image
Nisarga Hospital

अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्कबाट सन् २०२४ को जुलाई–अगस्टतिर बेपत्ता भएकी नेपाली नर्स २८ वर्षीया ममता काफ्ले भट्ट को प्रकरणमा नयाँ फरेन्सिक प्रमाण फेला परेको छ। झन्डै दुई वर्षपछि अनुसन्धानका क्रममा घरमा प्रयोग भएको आराबाट मानव कपाल र रौँका टुक्राहरू बरामद गरिएको हो।

CP Hospital Dhangadhi

भर्जिनियाको फरेन्सिक विज्ञान विभागले ती प्रमाणको प्रारम्भिक तथा विस्तृत परीक्षण गरिरहेको छ। अदालतका कागजातअनुसार उक्त आराबाट तीनवटा मानव कपाल, १३ वटा कपालका टुक्रा, र केही रेशा तथा फोहोरका कणहरू फेला परेका छन्। प्रारम्भिक परीक्षणमा ‘स्टेरियो माइक्रोस्कोपी’ प्रयोग गरिएको थियो भने तीनवटा कपाललाई न्युक्लियर डीएनए परीक्षणका लागि उपयुक्त मानिएको छ।

अन्य कपालका टुक्रा भने डीएनए परीक्षणका लागि अनुपयुक्त देखिएको अधिकारीहरूले जनाएका छन्। सबै नमुना अहिले राज्यको सेन्ट्रल ल्याबोरेटरीमा थप विश्लेषणको चरणमा रहेका छन्।

nawajiwan
Attariya Hospital

यसैबीच, उनका श्रीमान् नरेश भट्टमाथि हत्या र शव लुकाएको अभियोगमा कानुनी कारबाही चलिरहेको छ। अभियोजकहरूले उनलाई मुख्य आरोपी बनाउँदै अनुसन्धान अघि बढाएका छन्, यद्यपि ममताको शव अझै फेला परेको छैन।

नयाँ प्रमाणले अभियोजन पक्षको मुद्दा थप बलियो बन्न सक्ने अपेक्षा गरिएको छ भने डीएनए रिपोर्टपछि घटनाबारे थप स्पष्टता आउने विश्वास अनुसन्धानकर्ताहरूले गरेका छन्।