रास्वपा गोदावरी नगर समितिको नेतृत्वमा आशिष धामी, नयाँ कार्यसमिति चयन

Image
Nisarga Hospital

अत्तरियाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको गोदावरी नगर समितिको सभापतिमा आशिष धामी चयन भएका छन्। शनिबार अत्तरियामा सम्पन्न प्रथम नगर अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

CP Hospital Dhangadhi
उपसभापतिमा गंगादत्त जोशी चयन भएका छन् भने सचिवमा रमेश कुमार ओली चयन भएका छन्। त्यसैगरी सहसचिवमा भिष्मा खड्का र कोषाध्यक्षमा रेवन्ती धामी ठगुन्ना चयन भएका छन्।
nawajiwan
Attariya Hospital
खुला सदस्यहरूमा मान बहादुर विष्ट, सुरज ओझा, नन्दराम राना, सिताराम कठायत र गोविन्द रोकाया चयन भएका छन्। महिला सदस्यतर्फ सरस्वती कुमारी विष्ट ऐर, मेनुका बम ऐर, पार्वती देवी भण्डारी, उर्मिला अधिकारी र लक्ष्मी विक चयन भएका छन्।
नवगठित कार्यसमितिले अधिवेशनलगत्तै शपथ ग्रहणसमेत गरेको छ। नयाँ नेतृत्वले संगठन सुदृढीकरण र स्थानीय तहमा पार्टी विस्तारलाई प्राथमिकतामा राख्ने बताइएको छ।