
अत्तरियाः नेकपा एमाले कैलालीको चुरे गाउँ कमिटी सचिवालय सदस्य तथा अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष गणेशनाथ योगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

शनिबार अत्तरियामा आयोजित गोदावरी नगर समितिको प्रथम नगर अधिवेशनका क्रममा उनलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको हो। पार्टीका केन्द्रीय संगठन विभाग सदस्य कविन्द्र ठकुल्लाले योगीलाई रास्वपामा प्रवेश गराएका हुन्।

कार्यक्रममा उनलाई पार्टी प्रवेश गराउँदै नेताहरूले संगठन विस्तार र युवा पुस्ताको सहभागिता बढ्दै गएको बताएका छन्। नयाँ प्रवेशसँगै गोदावरी क्षेत्रमा रास्वपाको संगठनात्मक गतिविधि थप मजबुत हुने अपेक्षा गरिएको छ।

































