अत्तरियामा ‘किनार’ कथासंग्रहबारे गहन छलफल, साहित्यिक कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिका–१ अत्तरियास्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा साहित्यकार पुष्प राज पाण्डेयकृत कथासंग्रह ‘किनार’ माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। पुस्तकालयका अध्यक्ष भुपेश जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृतिको समालोचनात्मक विश्लेषण गरिएको थियो।

CP Hospital Dhangadhi

कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक सीताराम भट्ट, ऐश्वर्य विद्या निकेतनकी डा. तुलसी शर्मा, ऐश्वर्य बहुमुखी क्याम्पसका सह–प्राध्यापक नारायण दत्त अवस्थी, साहित्यकार लक्षीराम आचार्य, खेम बतास, डोटी क्याम्पसका पूर्व सह–प्राध्यापक तीर्थराज जोशी तथा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पदम प्रकाश साउँदलगायतले कृतिमाथि आफ्नो धारणा राखेका थिए।

Attariya Hospital

कार्यक्रममा पुस्तकालयका पदाधिकारी, सल्लाहकार, पाठक तथा स्थानीय साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। लेखक पाण्डेयले कृतिको रचनागर्भ सुनाउँदै सबैको सहयोगप्रति आभार व्यक्त गरे। कार्यक्रमको सञ्चालन साहित्यकार खेम बतासले गरेका थिए।

nawajiwan