
अत्तरियाः सुदूरपश्चिम र कर्णालीको मौलिक देउडा संस्कृतिको झल्को दिने नयाँ गीत ‘घर मेरो पश्चिम नेपाल’ सार्वजनिक गरिएको छ। चर्चित लोक देउडा गायक दिर्घराज फुलरा र लोकप्रिय गायिका इब्सल सन्ज्यालको स्वरमा सजिएको उक्त गीतले पश्चिम नेपालको माटो, संस्कृति र पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।


गीतमा सुदूरपश्चिम र कर्णालीका रमणीय प्राकृतिक दृश्य, हिमाल, पहाड, नदी–नाला तथा प्रसिद्ध पर्यटकीय स्थलहरूको वर्णन गरिएको छ। साथै, यहाँको लोकसंस्कृति, देउडा परम्परा र सामाजिक जीवनशैलीलाई पनि सशक्त रूपमा गितको माध्यमबाट उजागर गरिएको छ।
































