मुख्यमन्त्री शाहविरुद्धको समीकरण फेरियो, महराले फिर्ता लिइन् हस्ताक्षर, यस्तो छ कारण

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह विरुद्ध संसदीय दलको नेता परिवर्तनका लागि हस्ताक्षर गरेकी नेपाली कांग्रेसकी सांसद डम्मरी महरा ले आफ्नो निर्णय फिर्ता लिएकी छन्।

CP Hospital Dhangadhi

महराले मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा गरेकी हुन्। उनले सरकार परिवर्तन र दलको नेतृत्व परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने भएकाले निर्णय पुनर्विचार गरेको बताइन्।

यसअघि कांग्रेस संसदीय दलका बहुमत सांसदले शाहलाई दल नेताबाट हटाउने माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। १८ सदस्यीय दलमा ९ जना सांसदले हस्ताक्षर गरेर नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाइएको थियो।

nawajiwan
Attariya Hospital

तर महराले साथ फिर्ता लिएपछि हस्ताक्षर गर्ने सांसदको संख्या ८ मा झरेको छ, जसले प्रस्तावलाई गणितीय रूपमा कमजोर बनाएको छ। दलमा बहुमत पुर्‍याउन कम्तीमा १० सांसदको समर्थन आवश्यक पर्छ।

यसअघि मानबहादुर रावल, दिवानसिंह विष्ट, पदमबहादुर शाही, गीताकुमारी चौधरी, तुलसी देवकोटा, बेलबहादुर रानामगर, ललिता सुनार र जुनाकुमारी दानीले हस्ताक्षर गरेका थिए। महराको निर्णयसँगै मुख्यमन्त्री शाहलाई तत्कालका लागि दलभित्रको दबाबबाट केही राहत मिलेको देखिन्छ।