
बैतडी: बैतडीको सिगास गाउँपालिकाभरका १५ विद्यालयबाट परीक्षामा सहभागी भएका ४०९ विद्यार्थीमध्ये १८० जना विद्यार्थी उत्तीर्ण भएका छन् । सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाके प्रकाशित गरेको तथ्यांक अनुसार समग्र उत्तीर्ण प्रतिशत ४४.०१ रहेको छ ।


यस वर्ष भुवनेश्वरी माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी १८ विद्यार्थीमध्ये सबै १८ जना उत्तीर्ण गराउँदै शतप्रतिशत नतिजा हासिल गरेको छ । त्यसैगरी उदय माध्यमिक विद्यालय गन्सुरबाट एसईईमा सहभागी ४७ विद्यार्थीमध्ये ३५ जना उत्तीर्ण हुँदै ७४.४७ प्रतिशत नतिजा हासिल भएको छ भने शारदा माध्यमिक विद्यालय ढुङ्गाडबाट सहभागी ३९ विद्यार्थीमध्ये २८ जना उत्तीर्ण भई ७१.७९ प्रतिशत नतिजा आएको छ ।

त्यस्तै गणेश माध्यमिक विद्यालय लेकमबाट सहभागी १९ विद्यार्थीमध्ये १२ जना उत्तीर्ण भई ६३.१६ प्रतिशत, महादेव माध्यमिक विद्यालय काँडाबाट सहभागी १५ विद्यार्थी मध्ये ९ जना उत्तीर्ण भई ६० प्रतिशत तथा शिव माध्यमिक विद्यालय गढ्तोलाबाट सहभागी १६ मध्ये ९ जना उत्तीर्ण भई ५६.२५ प्रतिशत नतिजा आएको छ ।

भूमिराज माध्यमिक विद्यालय थलाबाट सहभागी १६ विद्यार्थीमध्ये ८ जना तथा बालकृष्ण माध्यमिक विद्यालय न्वाघर बाट सहभागी २२ विद्यार्थीमध्ये ११ जना उत्तीर्ण हुँदै दुवै विद्यालयले समान ५० प्रतिशत नतिजा हासिल गरेका छन् ।
त्यसैगरी अर्जुन माध्यमिक विद्यालय गाँजरी बाट सहभागी ५० विद्यार्थीमध्ये १८ जना उत्तीर्ण भई ३६ प्रतिशत, लेक लुपुड माध्यमिक विद्यालय शिवलिङ्ग बाट सहभागी ३४ मध्ये १२ जना उत्तीर्ण भई ३५.२९ प्रतिशत तथा भुवनभाष्कर माध्यमिक विद्यालय चमडेखर्कबाट सहभागी २५ जना विद्यार्थी मध्ये ८ जना उत्तीर्ण भई ३२ प्रतिशत नतिजा हासिल भएको छ ।

यस्तै सिगास माध्यमिक विद्यालय बाट सहभागी ३८ विद्यार्थीमध्ये ७ जना मात्र उत्तीर्ण भई १८.४२ प्रतिशत, शिबलिङ्ग माध्यमिक विद्यालय बगर धौलाडीबाट सहभागी १८ मध्ये ३ जना उत्तीर्ण भई १६.६७ प्रतिशत, पञ्चोदय माध्यमिक विद्यालय इरानाबाट सहभागी १९ मध्ये १ जना उत्तीर्ण भई ५.२६ प्रतिशत तथा नरेन्द्रपुर माध्यमिक विद्यालय बजकोटबाट सहभागी ३३ मध्ये १ जना मात्र उत्तीर्ण भई ३.०३ प्रतिशत नतिजा हासिल भएको छ ।































