युक्रेन–रुस युद्ध अन्त्यका लागि जेलेन्स्कीको प्रत्यक्ष वार्ता प्रस्ताव

Image
Nisarga Hospital

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ताको प्रस्ताव गरेका छन्। उनले युक्रेन र रुसबीच प्रत्यक्ष संवादमार्फत मात्र दीर्घकालीन शान्ति सम्भव हुने उल्लेख गर्दै तत्कालीन पूर्ण युद्धविरामको पनि आह्वान गरेका छन्।

CP Hospital Dhangadhi

जेलेन्स्कीले पत्रमा अमेरिका हाल इरानतर्फ केन्द्रित भएकाले युरोपको युद्ध अनदेखा रहनु जोखिमपूर्ण हुने चेतावनी दिएका छन्। उनले “हात बाँधेर पर्खिनु गलत हुनेछ” भन्दै सक्रिय कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्। साथै, उनले पुटिनलाई व्यङ्ग्य गर्दै लामो समय सत्तामा रहँदा उमेरको असर देखिन थालेको टिप्पणी पनि गरेका छन्।

क्रेमलिनले जेलेन्स्कीको पत्र प्राप्त भएको पुष्टि गर्दै पुटिनलाई जानकारी गराइने जनाएको छ। यसअघि पनि मस्कोले वार्ताका लागि युक्रेनलाई रूस आउनुपर्ने शर्त राख्दै आएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई नेताबीचको प्रत्यक्ष भेट ‘उत्कृष्ट कदम’ हुने प्रतिक्रिया दिएका छन्। उता राष्ट्रपति पुटिनले आफू वार्ताका लागि तयार रहेको संकेत गर्दै सम्झौताका सर्तमा लचकता आवश्यक हुने बताएका छन्।

युद्ध चर्किँदै जाँदा कूटनीतिक पहल फेरि सक्रिय बनेको छ, तर दुवै पक्षको अडानका कारण शान्ति प्रक्रिया अझै अनिश्चित देखिएको छ।

Dhnagadhi & Krishanapur