सुदूरपश्चिम प्रहरी देशमै उत्कृष्ट, कार्यसम्पादन मूल्यांकनमा लगातार प्रथम

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट बनेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको अर्धवार्षिक तथा ९ महिने कार्यसम्पादन मूल्यांकन अनुसार सुदूरपश्चिम प्रदेश प्रहरीले उच्च नतिजासहित पहिलो स्थान हासिल गरेको हो।

CP Hospital Dhangadhi

डीआईजी ओम बहादुर राना को कमाण्डमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी अर्धवार्षिक मूल्यांकनमा ८०.२१ प्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट बनेको थियो भने ९ महिने मूल्यांकनमा ८५.११ प्रतिशत नतिजासहित पुनः प्रथम स्थानमा कायम रहन सफल भएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार सेवा प्रवाह, अपराध नियन्त्रण, शान्ति–सुरक्षा व्यवस्थापन र समग्र कार्यदक्षताका आधारमा गरिएको मूल्यांकनमा सुदूरपश्चिम प्रदेश प्रहरीले उत्कृष्ट प्रदर्शन गरेको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसअघि पनि सुदूरपश्चिममा सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै डीआईजी रानालाई नगदसहित सम्मान गरिएको थियो। सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले चैत २ गते उनलाई पुरस्कारसहित सम्मान गरेका थिए।

सुदूरपश्चिम प्रहरीको यो निरन्तर उत्कृष्टताले प्रदेशको शान्ति–सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनेको सरोकारवालाहरूको भनाइ छ।

Dhnagadhi & Krishanapur