धनगढी उपमहानगरको छात्रवृत्ति अभियान प्रभावकारी बन्दै : तीन वर्षमा ९१७ विद्यार्थीलाई गर्‍यो छात्रवृत्ति प्रदान

Image
Nisarga Hospital

अत्तरियाः  धनगढी उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रममार्फत पछिल्ला तीन वर्षमा ९१७ जना विद्यार्थी लाभान्वित भएका छन्। शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक वर्ष २०८१ देखि २०८३ सम्म क्रमशः २७६, २८३ र ३५८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। चालु वर्षमा मात्रै ३५८ विद्यार्थीले अवसर पाएका छन्, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो।

CP Hospital Dhangadhi

विषयगत रूपमा विज्ञान संकायमा सबैभन्दा बढी ४७५ विद्यार्थीले छात्रवृत्ति पाएका छन्। व्यवस्थापनतर्फ ३४३, होटल म्यानेजमेन्टमा ५२, कानूनमा २७, शिक्षामा ९ र मानविकी संकायमा ३ विद्यार्थीले लाभ लिएका छन्। चालु वर्षमा मात्र विज्ञानतर्फ १७३, व्यवस्थापनतर्फ १३९, होटल म्यानेजमेन्टतर्फ २६, मानविकीमा २, शिक्षामा ९ र कानूनमा १ विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्।

Attariya Hospital

उपमहानगरपालिकाले संस्थागत विद्यालयमा उपलब्ध छात्रवृत्ति कोटामा प्रतिस्पर्धात्मक परीक्षामार्फत विद्यार्थी छनोट गर्दै आएको छ। यसले आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ।

nawajiwan

उपमहानगरका अनुसार छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई उच्च माध्यमिक तहमा अध्ययनप्रति प्रोत्साहित गर्नुका साथै शैक्षिक अवसरमा समानता कायम गर्न सहयोग पुर्‍याएको छ। आगामी वर्षहरूमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै निरन्तरता दिइने जनाइएको छ।