स्याउलेका एक दम्पतीको मानवीय पहल, ९ विपन्न बालबालिकालाई शैक्षिक र खेल सामग्री सहयोग

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेका कर्णबहादुर बोगटी र उनकी धर्मपत्नी पदमा बोगटीले विपन्न बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री हस्तान्तरण गरेका छन्।

CP Hospital Dhangadhi

उनीहरूले वडा नम्बर ८ का ९ जना आर्थिक रूपमा कमजोर बालबालिकालाई शैक्षिक तथा खेल सामग्री प्रदान गरेका हुन्। यस सहयोगले बालबालिकाको पढाइ र अतिरिक्त क्रियाकलापमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

Attariya Hospital

स्थानीय स्तरमा शिक्षाको पहुँच र अवसर समान बनाउनुपर्ने आवश्यकता रहेको भन्दै दम्पतीले सानो प्रयासले पनि बालबालिकाको भविष्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

nawajiwan

विपन्न परिवारका बालबालिकालाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले आफूहरूले सहयोग गरेको उनीहरूको भनाइ छ। स्थानीय समुदायले यो पहललाई प्रशंसनीय सामाजिक उदाहरणका रूपमा लिएको छ।