गेटा आँखा अस्पतालमा आन्दोलन सुरु, व्यवस्थापन सुधारका १२ बुँदे माग अघि सारियो

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: गेटा आँखा अस्पताल संघर्ष समितिले विभिन्न माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेको छ। गणेश विष्टको संयोजकत्वमा रहेको समितिले अस्पतालभित्र राजनीति बन्द गर्न, कर्मचारीमाथिको दमन अन्त्य गर्न, स्वास्थ्यकर्मीको सेवा–सुविधा तथा बढुवा सुनिश्चित गर्न र केही पदाधिकारीलाई बर्खास्त गर्न माग गरेको छ।

CP Hospital Dhangadhi

समितिले अस्पतालको व्यवस्थापन समितिमा अध्यक्षसहित ५० प्रतिशत स्थानीय सहभागिता सुनिश्चित गर्न, चिकित्सक तथा आवश्यक कर्मचारीको तत्काल पदपूर्ति गर्न, हालको व्यवस्थापन समितिले राजीनामा दिन र गैरकानुनी ठेक्काप्रथा अन्त्य गर्नुपर्ने माग अघि सारेको छ।

oplus_0

Attariya Hospital

त्यसैगरी, शुद्ध खानेपानी, पर्याप्त शौचालय, बिरामीप्रति सम्मानजनक व्यवहार र अस्पतालको आय–व्यय सार्वजनिक गर्नुपर्ने माग पनि समितिले गरेको छ। माग सम्बोधन नभए थप संघर्षका कार्यक्रम घोषणा गरिने संयोजक विष्टले चेतावनी दिएका छन्।

Oplus_16908288

nawajiwan