सुदूरपश्चिम सरकारमा एमालेको ठूलो फेरबदल तयारी, तीन मन्त्री र एक राज्यमन्त्री फिर्ता बोलाइँदै

Image
Nisarga Hospital

धनगढीः नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो प्रतिनिधित्वमा व्यापक हेरफेर गर्ने भएको छ। पार्टीले वर्तमान सरकारमा रहेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने तयारी गरेको छ।

CP Hospital Dhangadhi

एमाले स्रोतका अनुसार उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई नयाँ जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरिएको छ। उनीहरूको नाम मुख्यमन्त्री कार्यालयमा समेत पुगिसकेको बताइएको छ।

प्रस्तावअनुसार सन्तोष शर्मा थापा भौतिक पूर्वाधार विकास मन्त्री, दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा चक्र मल्ल आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नेछन्। यस्तै, जानकी ऐर बमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाउने तयारी गरिएको छ।

nawajiwan
Attariya Hospital

हाल सरकारमा रहेका एमालेका सुरेन्द्र पाल (भौतिक पूर्वाधार विकास), वीरबहादुर थापा (भूमि व्यवस्था, कृषि तथा सहकारी) र हीरा सार्की (आन्तरिक मामिला तथा कानुन) लाई फिर्ता बोलाइने तयारी भएको स्रोतले जनाएको छ।

त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पनि सरकारबाट फिर्ता बोलाइने चर्चा छ। पार्टीभित्रको यो पुनर्संरचनालाई आगामी राजनीतिक रणनीति र संगठन सुदृढीकरणसँग जोडेर हेरिएको छ।