गेटा आँखा अस्पतालमा टाउकोमा कालोपट्टी बाँधेर विरोध, आन्दोलन दोस्रो दिन पनि जारी

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गेटा आँखा अस्पताल संघर्ष समितिले सुरु गरेको आन्दोलन दोस्रो दिन पनि जारी रहेको छ। विभिन्न माग राख्दै सुरु गरिएको आन्दोलनअन्तर्गत आज अस्पताल गेट अगाडि प्रदर्शनकारीहरूले टाउकोमा कालोपट्टी बाँधेर विरोध जनाएका छन्।

CP Hospital Dhangadhi

गणेश विष्ट संयोजकत्वको समितिले अस्पतालभित्र राजनीति बन्द गर्नुपर्ने, कर्मचारीमाथिको दमन अन्त्य गर्नुपर्ने, स्वास्थ्यकर्मीको सेवा सुविधा तथा बढुवा सुनिश्चित गर्नुपर्ने लगायतका माग अघि सारेको छ। साथै, केही कर्मचारीलाई बर्खास्त गर्नुपर्ने, व्यवस्थापन समितिमा स्थानीय सहभागिता ५० प्रतिशत सुनिश्चित गर्नुपर्ने र चिकित्सकको तत्काल पदपूर्ति गर्नुपर्ने माग पनि गरिएको छ।

Attariya Hospital

त्यसैगरी, हालका व्यवस्थापन समितिका सदस्यले राजीनामा दिनुपर्ने, गैरकानुनी ठेक्काप्रथा अन्त्य गर्नुपर्ने, पर्याप्त कर्मचारी नियुक्ति, शुद्ध खानेपानी र शौचालयको व्यवस्था, बिरामीप्रति रुखो व्यवहार रोक्ने तथा अस्पतालको आय–व्यय सार्वजनिक गर्नुपर्ने माग पनि समावेश छन्। माग पूरा नभए थप संघर्षका कार्यक्रम अघि बढाइने संयोजक विष्टले चेतावनी दिएका छन्।

nawajiwan