कांग्रेस सुदूरपश्चिममा नयाँ जिम्मेवारी : सरस्वती खड्का प्रमुख सचेतक नियुक्त

Image
Nisarga Hospital

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्य सरस्वती खड्कालाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।

CP Hospital Dhangadhi

संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहले दलको विधान, २०७४ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम खड्कालाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्।

Attariya Hospital

यसअघि प्रमुख सचेतक रहेका विक्रमसिंह धामीले पदबाट राजीनामा दिएपछि खड्कालाई नयाँ प्रमुख सचेतक नियुक्त गरिएको हो।

nawajiwan