ओलीको निर्देशनपछि सुदूरपश्चिम एमालेमा तनाव, धनगढीमा नाराबाजी र तोडफोड

Image
Nisarga Hospital

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका मन्त्रीहरू तत्काल नफेर्न निर्देशन दिएपछि प्रदेशमा आन्तरिक असन्तुष्टि चुलिएको छ। अध्यक्ष ओलीको उक्त निर्देशनपछि असन्तुष्ट समूहले सोमबार धनगढीस्थित एमाले संसदीय दलको कार्यालयमा नाराबाजी, तोडफोड तथा पार्टी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन्।

CP Hospital Dhangadhi

प्रदर्शनकारीहरूले संसदीय दलका नेता राजेन्द्रसिंह रावल विरुद्ध तीव्र नाराबाजी गर्दै “राजेन्द्र रावल मुर्दावाद” लगायतका नारा लगाएका छन्। सोमबार दिउँसो मन्त्री हेरफेरबारे छलफल गर्न संसदीय दलको बैठक बसिरहेको समयमा ओलीले रावलसँग टेलिफोन संवाद गर्दै तत्काल मन्त्री नफेर्न निर्देशन दिएको बताइएको छ।

Attariya Hospital

केन्द्रको निर्देशन र प्रदेशको असन्तुष्ट निर्णयबीच देखिएको विवादले एमाले सुदूरपश्चिमभित्रको आन्तरिक शक्ति संघर्ष झन् चर्किएको देखिएको छ।

nawajiwan