धनगढीको मानव सेवा आश्रममा गाडी सञ्चालक जाग्रीको सामाजिक सहयोग, एक छाक भोजन वितरण

Image
Nisarga Hospital

अत्तरियाः धनगढीस्थित मानव आश्रममा सन्तोष कुमार जाग्रीले एक छाक भोजन गराएका छन्। बझाङ घर भई हाल अत्तरियामा बस्दै आएका २४ बर्ष पुरा भई २५ बर्षमा पाईला टेकेका सार्वजनिक यातायात सञ्चालक जाग्रीले ‘गास, बास र कपास नै मानिसको पहिलो प्राथमिकता’ भन्ने सन्देशसहित सहयोग गरेका हुन्।

CP Hospital Dhangadhi

उनले आश्रममा रहेका आश्रितहरूलाई भोजन गराउँदै सामाजिक सेवामा योगदान दिएका छन्। सार्वजनिक सवारी साधन चलाउँदै जीविकोपार्जन गर्दै आएका उनी सामाजिक उत्तरदायित्व अन्तर्गत समय–समयमा यस्ता कार्य गर्दै आएको बताइन्छ।

Attariya Hospital

स्थानीयले उनको कार्यलाई प्रशंसनीय भन्दै अन्य युवालाई पनि प्रेरणादायी भएको बताएका छन्। मानव आश्रमका सञ्चालकले सहयोगप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोग आवश्यक रहेको बताएका छन्। यस्ता सामाजिक कार्यले समाजमा मानवता र सहकार्यको भावना अझ मजबुत हुने विश्वास लिइएको छ। आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

nawajiwan