गोदावरी धामलाई वडा कार्यालयद्वारा आरती सामग्री सहयोग, धार्मिक गतिविधि प्रवर्द्धनमा जोड

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० वडा कार्यालयले प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गोदावरी धाम लाई आरती सामग्री सहयोग गरेको छ। मंगलबार धाम परिसरमा आयोजित कार्यक्रममा धार्मिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यसहित सामग्री हस्तान्तरण गरिएको हो।

CP Hospital Dhangadhi

‘गोदावरी धामलाई आरती वितरण कार्यक्रम’ अन्तर्गत वडा कार्यालयले धामका मुख्य पुजारीलाई विशेष रूपमा तयार पारिएका संकलित पाला (आरती स्ट्यान्ड) हस्तान्तरण गरेको हो।

Attariya Hospital

कार्यक्रममा स्थानीय प्रतिनिधिहरूले गोदावरी धामलाई सुदूरपश्चिमकै महत्वपूर्ण तीर्थस्थलका रूपमा उल्लेख गर्दै आरतीलाई अझ व्यवस्थित र भव्य बनाउन सहयोगले टेवा पुग्ने बताएका थिए।

nawajiwan

धाम पक्षले धार्मिक स्थलको विकास र संरक्षणमा वडा कार्यालयले देखाएको चासोप्रति धन्यवाद व्यक्त गरेको छ। कार्यक्रममा जनप्रतिनिधि, धार्मिक अगुवा तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।