डडेल्धुरामा सहसचिव नपठाई उपसचिवलाई सिडिओ जिम्मेवारी, प्रशासनिक नेतृत्वमा नयाँ निर्णय

Image
Nisarga Hospital

डडेल्धुरामा सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को दरबन्दी भए पनि सरकारले नयाँ सहसचिव नपठाई उपसचिव अमरबहादुर वलीलाई जिम्मेवारी दिएको छ।

CP Hospital Dhangadhi

गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाले २०८३ जेठ २७ गते गरेको निर्णयअनुसार हाल सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत वलीलाई नै प्रमुख जिल्ला अधिकारीको कार्यभार तोकिएको हो। मन्त्रालयका अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत वलीले अब डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यसम्पादन गर्नेछन्।

Attariya Hospital

यसअघि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको वैशाख १० गते सरुवा भएपछि जिल्ला प्रशासन कार्यालय नेतृत्वविहीन बनेको थियो। कोइराला २०८२ मंसिर १२ गते मात्रै डडेल्धुरामा सरुवा भएर आएका थिए। सहसचिव दरबन्दी भए पनि नयाँ सहसचिव नपठाइएपछि उपसचिवलाई जिम्मेवारी दिइएको हो। यस निर्णयसँगै झण्डै दुई महिनादेखि रिक्त रहेको जिल्ला प्रशासन कार्यालयले पूर्ण नेतृत्व पाएको छ।

nawajiwan

स्थानीय प्रशासनमा नेतृत्व अभाव देखिएको समयमा गरिएको यो निर्णयले सेवा प्रवाहमा निरन्तरता आउने अपेक्षा गरिएको छ। गृह मन्त्रालयले आगामी दिनमा रिक्त सहसचिव दरबन्दीमा उपयुक्त सहसचिव खटाउने प्रक्रिया अघि बढाइने जनाएको छ, साथै प्रशासनिक कामकाजलाई प्रभावकारी बनाउन निर्देशन समेत दिएको छ। कार्यालयले नियमित सेवा सञ्चालन गर्नेछ। सर्वसाधारणलाई छिटो र प्रभावकारी सेवा दिनेछ भनी जनाएको छ।