गोदावरीमा २०० मिलिग्राम हेरोइन सहित युवक पक्राउ

Image
Nisarga Hospital

अत्तरियाः  कैलालीको गोदावरी नगरपालिका–६ बडेहाका २५ वर्षीय सुनिल राना लागूऔषध कारोबारमा संलग्न रहेको गोप्य सूचनाका आधारमा पक्राउ परेका छन्। २०८३ साल जेठ २७ गते दिउँसो १५:२० बजे प्राप्त सूचनापछि इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको लागूऔषध नियन्त्रण शाखाबाट प्रहरी हवल्दार रमेश ऐरको नेतृत्वमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

दिउँसो १५:४० बजे रानाको सुत्ने कोठामा पुगेको प्रहरीले चेकजाँच गर्दा सिरानीमुनि लुकाइछिपाइ राखिएको अवस्थामा २०० मिलिग्राम जस्तो देखिने शुद्ध हेरोइन फेला पारेको जनाएको छ। बरामद लागूऔषधसहित उनलाई तत्काल नियन्त्रणमा लिई प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भइरहेको छ।

Attariya Hospital

घटनास्थल इलाका प्रहरी कार्यालयबाट करिब ४ किलोमिटर पूर्वमा पर्ने स्थान रहेको जनाइएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी हिरासिंह महराका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ। प्रहरीले लागूऔषध कारोबारमा संलग्न अन्य सम्भावित व्यक्तिहरूको समेत खोजी गरिरहेको जनाएको छ।

nawajiwan