हर्मुज जलमार्गलाई फेरी बन्द गर्ने इरानको घोषणा, विश्व तेल आपूर्तिमा झनै बढी असर पर्ने चिन्ता

Image
Nisarga Hospital

इरानको सर्वोच्च सैन्य कमान्डले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। अमेरिकाले इरानका विभिन्न स्थानमा नयाँ चरणको हवाई आक्रमण गरेपछि इरानले उक्त कदम चालेको जनाएको छ।

CP Hospital Dhangadhi

इरानी सेनाका अनुसार प्रतिबन्ध तेल ट्याङ्कर, व्यापारिक जहाज तथा अन्य सबै प्रकारका जलयात्रुमा लागू हुनेछ। साथै, हर्मुज जलमार्ग प्रयोग गर्न खोज्ने कुनै पनि जहाजलाई सैन्य लक्ष्य मान्दै आक्रमण गर्न सकिने चेतावनी पनि इरानले दिएको छ।

Attariya Hospital

हर्मुज जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिन्छ, जहाँबाट दैनिक ठूलो परिमाणमा कच्चा तेल र प्राकृतिक ग्यास विश्व बजारमा निर्यात हुने गर्छ। इरानको यस घोषणाले अन्तर्राष्ट्रिय ऊर्जा बजार, समुद्री व्यापार तथा मध्यपूर्वको सुरक्षा अवस्थामाथि गम्भीर प्रभाव पर्न सक्ने चिन्ता बढेको छ।

nawajiwan

अमेरिका र इरानबीच बढ्दो तनावका बीच आएको यो कदमले क्षेत्रीय द्वन्द्व थप चर्किन सक्ने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।