कैलालीको चुरेमा बाल अधिकार र सुरक्षा सचेतनामा सामुदायिक प्रहरी कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको चुरे गाउँपालिका–६ स्थित भगवती माध्यमिक विद्यालय, ढुङ्गेनीमा बाल अधिकार, बालविवाह न्यूनीकरण तथा यौन दुर्व्यवहार सम्बन्धी जनचेतनामूलक सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय फल्टुडे, कैलालीको आयोजनामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षक गरी करिब ५०–६० जनाको सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

कार्यक्रममा इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक किशोर जोशीले बालबालिकाका अधिकार, बालविवाहका कानुनी तथा सामाजिक असर, यौन दुर्व्यवहार रोकथामका उपाय र यस्ता घटनाको जानकारी सम्बन्धित निकायमा पुर्‍याउने प्रक्रियाबारे विस्तृत जानकारी दिए। उनले बालबालिकाको सुरक्षित भविष्यका लागि अभिभावक, विद्यालय र समुदायबीचको सहकार्य अत्यन्त आवश्यक रहेकोमा जोड दिए।

Attariya Hospital

जोशीले बालविवाह र यौन दुर्व्यवहारजस्ता सामाजिक विकृतिविरुद्ध सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने बताए।

nawajiwan

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थी, अभिभावक र शिक्षकलाई बाल संरक्षणसम्बन्धी विषयमा सचेत गराउँदै सुरक्षित र सकारात्मक सामाजिक वातावरण निर्माणमा योगदान पुर्‍याउनु हो। सहभागीहरूले यस्ता कार्यक्रमले बाल अधिकार संरक्षण र सामाजिक विकृति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।