एका बिहानै गोदावरीबाट आयो दुःखद खबर, खोलाले बगाउदा २ जनाको ज्यान गयो !

Image
Nisarga Hospital

अत्तरियाः  कैलालीको गोदावरी नगरपालिकामा गए राती परेको अबिरल बर्षाले गोदावरी नगरपालिका वडा न ४ का २ जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएस्पी हिरा सिंह महरालका अनुसार गोदावरी खोलामा भएको घटनाबारे जानकारी लिँदै आवश्यक समन्वय र उद्धार कार्य अघि बढाइएको बताएका छन्। पहाडमा परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले दुई जना महिलालाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो।

CP Hospital Dhangadhi

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा गोदावरी–०४ स्थित मसानघाट नजिकै ५५ वर्षीया महेश्वरी धमला मृत अवस्थामा फेला परेकी छन् भने ४० वर्षीया कल्पना साउँदलाई खोलाले बगाएको पुष्टि भएको छ। उनीहरू बिहान च्याउ टिप्न जंगल गएको बुझिएको छ।

डिएस्पी महराका अनुसार थप प्रहरी टोली परिचालन गरी खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको छ। घटनास्थल अस्थायी प्रहरी पोष्ट गोदावरीबाट करिब १ किलोमिटर पश्चिममा पर्छ। प्रहरीले स्थानीयसँग समन्वय गर्दै थप विवरण संकलन गरिरहेको जनाएको छ।

nawajiwan
Attariya Hospital

शुक्रबार बिहान करिब पौने ७ बजे नदीमा एक्कासी आएको बाढीले दुई महिलालाई बगाएको भन्दै गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट टोली घटनास्थलमा परिचालन गरिएको थियो।

प्रारम्भिक जानकारी अनुसार दुवै महिला बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए। त्यसक्रममा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको बताइएको छ।