बाजुरा–हुम्ला सीमा विवादपछि लाम्पाटामा संयुक्त सुरक्षा बेस स्थापना

Image
Nisarga Hospital

अत्तरिया : बाजुरा र हुम्लाबीचको सीमा विवाद समाधान नभएसँगै विवादित क्षेत्र लाम्पाटामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सशस्त्र प्रहरी बलको टोली गत जेठ २७ गते त्यसतर्फ प्रस्थान गरी शनिबार सम्बन्धित स्थानमा पुगेको हो।

CP Hospital Dhangadhi

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको उक्त टोलीले अब सो क्षेत्रमा अस्थायी सुरक्षा बेस स्थापना गर्नेछ। सुरक्षा टोलीलाई आवश्यक निर्देशन सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट दिइने तथा आवश्यक समन्वय पनि प्रधान कार्यालयमार्फत नै गरिने जनाइएको छ।

Attariya Hospital

पछिल्ला केही दिनयता बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटा क्षेत्रमा बाजुरा र हुम्लाबीच सीमा विवाद चर्किएपछि सुरक्षा उपस्थिति बढाइएको हो।

nawajiwan

यसअघि शुक्रबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको केन्द्रीय संयुक्त सुरक्षा बेस स्थापना गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार दुवै सुरक्षा निकायको संयुक्त उपस्थितिमार्फत विवादित क्षेत्रमा शान्ति, सुरक्षा र समन्वय कायम गर्दै परिस्थितिलाई नियन्त्रणमा राख्ने तयारी गरिएको छ।