पेनाल्टीमा सैपाललाई हराउँदै घोडाघोडी पहिलो मेयर कप महिला फुटबलको च्याम्पियन

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम मेयर कप खुला महिला फुटबल प्रतियोगिताको उपाधि घोडाघोडीले जितेको छ। शनिबार सम्पन्न रोमाञ्चक फाइनलमा आयोजक सैपाल युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै घोडाघोडी च्याम्पियन बनेको हो।

CP Hospital Dhangadhi

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सैपाल युवा क्लबको आयोजनामा जेठ २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कैलालीका १२ टोलीको सहभागिता रहेको थियो। विजेता घोडाघोडीले नगद रु. १ लाख ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता सैपाल युवा क्लबले रु. ५५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र हात पार्यो। उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

समापन समारोहमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले महिला खेलाडीलाई थप प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गर्दै खेलकुदले प्रतिभा विकास, राष्ट्रिय पहिचान तथा आर्थिक अवसर सिर्जना गर्ने बताए। उनले महिला खेलकुदलाई अझ व्यापक बनाउँदै लैजानुपर्नेमा जोड दिए।

नगर प्रमुख भट्टले आफ्नो चार वर्षे कार्यकालमा नगरपालिकाको स्वामित्वमा उपयुक्त जग्गा अभावका कारण अहिलेसम्म रंगशाला निर्माण गर्न नसकेको अनुभूति पनि व्यक्त गरे।

क्लब अध्यक्ष रमेश बोगटीले सीमित आर्थिक स्रोतका कारण खेलकुद प्रतियोगिता सञ्चालन चुनौतीपूर्ण बनेको बताउँदै स्थानीय सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

“महिला खेलाडीको सम्मान, स्वस्थ समाज निर्माणको अभियान” भन्ने नारासहित आयोजित प्रतियोगितामा गोदावरी नगरपालिकाको मुख्य सहयोग रहेको थियो भने विभिन्न संघसंस्था तथा व्यक्तिहरूले समेत सहयोग गरेका थिए।

Dhnagadhi & Krishanapur