युएईद्वारा इरानको अर्बौं डलर फुकुवा गर्ने तयारी, युद्ध अन्त्य वार्तालाई बल पुग्ने अपेक्षा

Image
Nisarga Hospital

संयुक्त अरब इमिरेट्स (युएई)ले बैंकिङ प्रणालीमा रोक्का रहेको इरानको कम्तीमा १० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उच्च स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ। दुई स्रोतका अनुसार ३ अर्ब डलर बराबरको रकम यसअघि नै खुला गरिसकिएको छ भने अर्को स्रोतले कुल रकम २० अर्ब डलरसम्म पुग्न सक्ने दाबी गरेको छ।

CP Hospital Dhangadhi

रिपोर्टअनुसार, युएईले इरानसँगको तनाव कम गर्दै अमेरिका–इरानबीच जारी युद्ध अन्त्य वार्तालाई सफल बनाउन यो कदम चाल्न लागेको हो। बदलामा इरानले युएईमाथि मिसाइल तथा ड्रोन आक्रमण नगर्ने, गुप्तचर सूचना आदान–प्रदान गर्ने तथा आर्थिक सहकार्य पुनःस्थापित गर्ने सहमति जनाएको बताइएको छ।

Attariya Hospital

अमेरिकी प्रतिबन्धका कारण दुबईका बैंकहरूमा रहेको इरानको ठूलो रकम वर्षौंदेखि रोक्का थियो। पछिल्लो द्वन्द्वका क्रममा इरानी आक्रमणपछि दुबईको पर्यटन र व्यापारिक गतिविधिमा समेत असर परेको थियो।

nawajiwan

अल जजिराका अनुसार पछिल्ला साताहरूमा दुवै देशका उच्च अधिकारीबीच आबुधाबी र तेहरानमा निरन्तर वार्ता भएको थियो। यता, अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि अन्तिम चरणको वार्ता जारी रहेको छ। पाकिस्तान र कतारले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन् भने पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले छिट्टै सम्झौता हुन सक्ने संकेत दिएका छन्।