आइतबार सूर्यदेवको आराधना: सम्मान, सकारात्मक ऊर्जा र सूर्यदोष निवारणको धार्मिक विश्वास

Image
Nisarga Hospital

हिन्दू धर्मशास्त्रअनुसार सातै दिन फरक–फरक देवी–देवताका आराधनाका लागि समर्पित मानिन्छन्। त्यसमध्ये आइतबार सूर्यदेवको विशेष पूजा–आराधना गर्ने दिनका रूपमा श्रद्धापूर्वक मनाइन्छ। धार्मिक मान्यताअनुसार यस दिन विधिपूर्वक सूर्यदेवको उपासना गरेमा जीवनमा तेज, यश, समाजमा आदर–सम्मान तथा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास छ। साथै जन्मकुण्डलीमा रहेको सूर्यदोष पनि कम हुने जनविश्वास रहेको छ।

CP Hospital Dhangadhi

आइतबार बिहान ब्रह्ममुहूर्तमा उठी स्नान गरेर नजिकको मन्दिरमा दर्शन गर्नुपर्छ। त्यसपछि उदाउँदो सूर्यलाई शुद्ध जल अर्पण गरी श्रद्धाभावले पूजा गर्नु शुभ मानिन्छ। पूजाका क्रममा सूर्यदेवलाई प्रिय मानिने रातो फूल, रातो चन्दन, गुडहलको फूल, अक्षता (चामल) तथा गुड वा गुडबाट बनेका मिठाई अर्पण गर्ने परम्परा छ।

Attariya Hospital

पूजा सम्पन्न भएपछि सूर्यदेवको स्तुति गर्ने मन्त्र वा ‘ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे’ जस्ता मन्त्र श्रद्धापूर्वक जप गर्नाले मानसिक शान्ति, आत्मबल र आध्यात्मिक उन्नति प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। श्रद्धा, भक्ति र नियमित आराधनाले सूर्यदेवको विशेष कृपा प्राप्त हुने विश्वास हिन्दू परम्परामा प्राचीनकालदेखि रहँदै आएको छ।

nawajiwan