महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा सेना परिचालन, तटीय बस्ती जोगाउने प्रयास

Image
Nisarga Hospital

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन चार लेन पक्की पुलको उत्तरतर्फको गाइडबण्ड पुनर्निर्माणका लागि नेपाली सेना पुनः परिचालन गरिएको छ । गत वर्ष बाढीले करिब ३०० मिटर गाइडबण्ड क्षति गरेपछि सरकारले तीन महिनाका लागि क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरी सेनालाई काममा खटाएको थियो ।

CP Hospital Dhangadhi

यस वर्ष पनि आसन्न वर्षात्का सम्भावित जोखिम न्यूनीकरण गर्न पुनः सेना परिचालन गरिएको हो । सडक डिभिजन कार्यालय कञ्चनपुरको अगुवाइमा सैनिक जनशक्ति परिचालन गरिएको छ भने सुदूरपश्चिम पृतनाअन्तर्गत विभिन्न युनिटबाट थप टोली आउने क्रम जारी छ ।

Attariya Hospital

श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका सहायकरथी बिजितराज रेग्मी नेतृत्वको प्राविधिक टोलीले स्थलको अवस्था निरीक्षण गरेको छ । बाहिनीले तत्काल क्षति न्यूनीकरण, पुल संरक्षण र तटीय बस्ती जोगाउने काम अघि बढाएको जनाएको छ ।

nawajiwan

सडक डिभिजन प्रमुख राजेशकुमार यादवका अनुसार मेसिनरी तथा प्राविधिक सहयोग सडक डिभिजनले उपलब्ध गराउँदै आएको छ भने जनशक्ति सेनाले व्यवस्थापन गरेको छ । चार लेनको पुलको ९५ प्रतिशत निर्माण पूरा भए पनि गाइडबण्डको डिजाइन र भेरियसन अर्डर विवादका कारण निर्माण कम्पनी कामबाट बाहिरिएको छ । मुद्दा हाल मध्यस्थ न्यायाधिकरणमा विचाराधीन छ ।