परमाणु कार्यक्रमबारे उत्तर कोरियाको कडा अडान : ‘निशस्त्रीकरण अस्वीकार, चीनसँग सम्बन्ध थप मजबुत’

Image
Nisarga Hospital

उत्तर कोरियाले आफ्नो परमाणु हतियार कार्यक्रमबारे कठोर र अडिग अडान सार्वजनिक गर्दै यसलाई ‘अपरिवर्तनीय विषय’ भएको स्पष्ट पारेको छ। कोरियन सेन्ट्रल न्युज एजेन्सीमार्फत जारी वक्तव्यमा विदेश मन्त्रालयले अमेरिका र उसका सहयोगीहरूको परमाणु निशस्त्रीकरणसम्बन्धी दबाबलाई पूर्ण रूपमा अस्वीकार गरेको हो।

CP Hospital Dhangadhi

प्रवक्ताले परमाणु हतियार त्याग्ने मागलाई ‘अतार्किक बहस’ र ‘काल्पनिक धारणा’ भन्दै बाह्य दबाब, धम्की वा सैन्य कारबाहीले उत्तर कोरियाको परमाणु शक्ति सम्पन्न हैसियतमा कुनै परिवर्तन नआउने चेतावनी दिएका छन्। हालै अमेरिका, दक्षिण कोरिया र जापानबीच भएको उच्चस्तरीय वार्तामा उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्ने विषय उठेपछि प्योङयाङले कडा प्रतिक्रिया दिएको हो।

दक्षिण कोरिया–अमेरिका संयुक्त बैठकले उत्तर कोरियाको पूर्ण, प्रमाणित र अपरिवर्तनीय निशस्त्रीकरणलाई साझा लक्ष्य दोहोर्याएको थियो। तर उत्तर कोरियाले यस्तो प्रयासलाई अस्वीकार गर्दै आफ्नो स्थिति कसैले बदल्न नसक्ने अडान दोहोर्याएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसैबीच, चीनसँगको सम्बन्ध थप सुदृढ बनाउने संकेत गर्दै उत्तर कोरिया र चीनले ‘मैत्री, सहयोग तथा पारस्परिक सहायता सन्धि’ को ६५औँ वार्षिकोत्सव मनाएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले आर्थिक सहकार्य, पूर्वाधार विकास र सैन्य–कूटनीतिक समन्वय विस्तारमा जोड दिएका छन्।

दुवै देशबीचको छलफलमा ‘नयाँ युगको साझेदारी’ निर्माण गर्ने सहमति भएको छ भने अन्तर्राष्ट्रिय परिस्थितिमा पनि चीन–उत्तर कोरियाको रणनीतिक सम्बन्ध अझ मजबुत हुने बताइएको छ।

Dhnagadhi & Krishanapur