बजेट भागबण्डा विवादले सुदूरपश्चिममा सरकार संकटमा, प्रदेश सभा बैठक अनिश्चित

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने दिनमै सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच तीव्र मतभेद देखिएको छ। करिब ३८ अर्ब रुपैयाँको बजेटमा योजना र बजेट बाँडफाँटमा सहमति नजुट्दा प्रदेश सभा बैठक अनिश्चित बनेको हो। मुख्यमन्त्री कमलहादुर शाह नेतृत्वको सरकारमा मन्त्रीहरूले आफूले सिफारिस गरेका योजना नपरेको भन्दै असन्तुष्टि जनाएपछि मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन।

CP Hospital Dhangadhi

आर्थिक मामिला मन्त्रालयमा बजेट लेखन र इन्ट्री कार्य जारी रहे पनि गठबन्धनभित्रको तानातानले प्रक्रिया प्रभावित भएको छ। एमालेका मन्त्री तथा संसदीय दलका नेता बैठकमा अनुपस्थित भएपछि विवाद थप चर्किएको छ। बजेट प्रस्तुत गर्ने निर्धारित समय ५ बजे भए पनि अन्योल कायमै छ।

Attariya Hospital

सत्तापक्षकै सांसदहरूले पूर्व सहमतिअनुसार योजना समावेश गर्न दबाब बढाएसँगै मुख्यमन्त्री शाह र आर्थिक मामिला मन्त्री अन्तिम सहमतिका लागि छलफलमा जुटेका छन्। बहुमत संकटको सम्भावनाले सत्ता समिकरणमै दबाब बढाएको देखिन्छ।

nawajiwan