सुदूरपश्चिम बजेट संकट : सिलिङ विवादले अन्योल, राति ९ बजे बजेट ल्याउने तयारी

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच सिलिङ विवाद चर्किएपछि प्रदेश सरकार अन्योलमा परेको छ। सोमबार साँझ ५ बजेका लागि तय गरिएको प्रदेश सभा बैठक विवादका कारण सुरु हुन सकेको छैन।

CP Hospital Dhangadhi

मुख्य विवाद भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा देखिएको छ। सुरुमा ७ अर्ब ५३ करोड ९१ लाखको सिलिङ तोकिएकोमा एमालेले त्यसलाई बढाएर करिब १२ अर्ब पुर्‍याउनुपर्ने अडान राखेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले अन्तिम समयमा सिलिङ बढाउन नसकिने बताएपछि विवाद थप चर्किएको हो। सहमति नजुट्दा मन्त्रिपरिषद् बैठकसमेत बस्न सकेको छैन।

Attariya Hospital

मुख्यमन्त्री शाहले अर्थ विविध शीर्षकबाट व्यवस्थापन गर्ने मध्यमार्गी प्रस्ताव अघि सारे पनि एमालेले तत्काल कम्तीमा २ अर्ब थप गर्नुपर्ने माग राखेको छ। यसैबीच, प्रदेश सभा बैठकमा सत्तापक्षका अधिकांश मन्त्री तथा सांसद अनुपस्थित हुँदा विपक्षी सांसदहरूले सरकारको आलोचना गरेका छन्।

nawajiwan

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद ओमविक्रम भाटले सत्ता गठबन्धनको आन्तरिक कलहले बजेट अन्योलमा परेको टिप्पणी गरे। सहमतिका लागि अनौपचारिक छलफल जारी रहे पनि प्रदेश सरकारले करिब ३८ अर्ब रुपैयाँको बजेट राति ९ बजे प्रस्तुत गर्ने तयारी गरेको छ।